(लघुनिबन्ध)
मसित के छ ?
सरण राई
मसित के छ ?
सरण राई
मसित के छ ? हल्का केटाकेटी प्रश्न । हाेइन अति गहन प्रश्न ।
जे जसाे साेचे पनि याे एउटा हरेक जीवित मानिसहरूले आफैसित साेध्ने र खाेज्ने प्रश्न चाहीँ हाे ।
साँच्चै मसित के छ ? धनसम्पत्ति , जग्गाजमिन इष्टमित्र, साथीभाइ र सबैभन्दा महत्त्वपूर्ण मायाप्रेमले भरिभराउ परिवार छ । मानसम्मान इज्जत धाकरवाफ शेखी इमानजमान हैकम मायामाेह प्रेम स्नेह भावना दया त्यागबलिदान आदि आदि अनेक अनेक दृश्य अदृश्य के के छन्, के के छन् ।
सबैभन्दा बढि एउटा जाबाे चाेला छ, शरीर छ, तन छ ।
युवाकालमा भन्थ्याै छालाकाे जिन्दगी । आफूले चाहेकाे नहुँदा कुहेकाे खाेर्सानीजस्ताे जिन्दगी । छालाकाे जिन्दगीकाे अर्थ बुढेसकालमा आएर थाहा हुँदै छ । छाला सुक्दै चाउरीन थाले पछि बल वैंश तागतले छाड्न थाले पछि हाे रहेछ नि छालाकाे जिन्दगी । पिराे नहुने कुहेकाे खाेर्सानी र सारहीन दुःखि जीन्दगी एउटै । आफ्नाे जीवनसित काे सन्तुष्ट हाेला र ?
मसित के छ ? जति साेधे पनि नयाँ नयाँ उत्तर आउने सम्भावना प्रचुर छ । सन्ताेषजनक जवाफ के हुन सक्ला ? कसले उत्तर पाएकाे हाेला ? अनन्त अनन्तसम्म साेधिने प्रश्न !
मसित के छ ? जाबाे प्रश्नकाे सहि जवाफ । मसित एउटा (जाबाे हाेइन) अमूल्य शरीर तन छ । क्षणभङ्गुर क्षणिक नासवान । जेजस्ताे भएपनि त्यही तनकाे माध्यमले पापपूण्य भाेगविलास अत्याचार पराेपकार आदि आदि गरिरहेछु भाेगिरहेछु । त्याे सकियाे भने मसँग केही हुँदैन ।
तापनि याे मेराे जीवन म आफू खुसी सदुपयाेग दुरुपयाेग गर्न धेरै अंशमा स्वतन्त्र छु । याे मेराे जिउँदाे हुँदाकाे अहाेभाग्य हाे, हाे ।
अझै प्रश्न अनुत्तरित नै छ ...
मसित के छ ? क्षणभङ्गुर क्षणिक नासवान एउटा अमूल्य जीवन ! हाे के ?
🔴
२०७७ वैशाख १५, लकडाउन, धरान
🔥☯️🔥
🔥 अामा शिवमाया राई, म, पत्नी स्व. लक्ष्मी , नातिनीहरू सामना र साञ्जिना , नातिहरू सच्चेन्द्र र शुभेन्द्र
🔥

No comments:
Post a Comment