Thursday, July 18, 2013


(लघु निबन्ध ) भुटिएको बुध्दी


(लघु निबन्ध )
भुटिएको बुध्दी

सरण राई

मकै भुटेको देखिन्छ , त्यो स्वाभाविक हो तर यो आजको संघीय लोकतान्त्रिक गणतान्त्रिक नेपालमा तथाकथित फोहोरी राजनीतिले कार्यकर्ताको बुध्दी त भुटिसकेको थियो | अब सर्वसाधारण मतदाता , नागरिक ,जनताको बुध्दी भुट्ने प्रयासमा लागिरहेको छ !
भुटेको मकै,चना, दाल , भटमास , धान , गहुँ केही पनि बिउ हुदैन | केवल खान मात्र काम लाग्छ | तर हाम्रो देशको कार्यकर्ताहरुको भुटिएको बुध्दी न खान काम लाग्छ न नयाँ बुध्दी उमार्न बिउकै काममा लगाउन सकिन्छ |भुटिएको बुध्दी न देश निर्माणमा नै काम लाग्छ |
राजनैतिक कार्यकर्ताहरुको भुटिएको बुध्दी त अब नसुध्रिने भैहाल्यो | सुध्रिने आश पनि रहेन | दुखको कुरा पुच्छर काटिएको स्यालले काम नलाग्ने सबैको पुच्छर काट्नु पर्छ भने झैँ राजनैतिक कार्यकर्ताहरु सबै अब सर्वसाधारण मतदाता , नागरिक ,जनताको बुध्दी भुट्ने काममा जिउ छाडेर लागि परेका छन् |
सर्वसाधारण मतदाता , नागरिक ,जनताको बुध्दी पनि उनीहरुकै जस्तो गरि भुटियो भने वा राजनैतिक कार्यकर्ताहरुले सर्वसाधारण मतदाता , नागरिक ,जनताको बुध्दी पनि भुट्न सफल भए भने बुध्दिको बिउ कहाँ खोज्ने ?
तसर्थ संघीय लोकतान्त्रिक गणतान्त्रिक नेपालमा तथाकथित फोहोरी राजनीतिबाट सर्वसाधारण मतदाता , नागरिक ,जनतालाई जोगाउदै कसरि उनीहरुको बुध्दी भुटिन नदिने हो ? प्रमुख चुनौती भएको छ |
र ,आजको प्रमुख नारा भएको छ __आफ्नो र अरुको बुध्दी भुटिन नदिऊँ  ! देश , समाज , राजनीति  र असल व्यवस्था बचाउन  जनताको बुध्दी जोगाऊँ !! अरु बढ़ि आफ्नो आफ्नो बुध्दी , आफ्नो आफ्नो खुसि ... ... !


२०७० साउन २ , ध रा न
नागरिक पाटी, जुलाई २१,२०१६
भुटिएको बुद्धी - (लघु निबन्ध) http://nagarikpati.com/2016/07/saran-kumar-rai/

Friday, May 10, 2013

सरण राईको निबन्धकारिता

सरण राईको निबन्धकारिता

सरण  राईको निबन्धकारिता
नोदनिधि बराल
सरण राई यथार्थवादी–प्रगतिवादी धाराका निबन्धकार हुन् । उनको साहित्ययात्रा वि. सं. २०२२ को दैलो पत्रिकामा प्रकाशित भ्रम शीर्षकको कविताबाट प्रारम्भ भएको हो । कविता विधाबाट प्रारम्भ भएको उनको साहित्ययात्रा निबन्ध, कथा र उपन्याससम्म विस्तारित भएको छ । सरण राईले आफ्नो साहित्ययात्राका क्रममा समाजका यथार्थ घटनाहरुलाई मुख्य विषयवस्तु बनाएका छन् । उनका निबन्धहरूमा यथार्थता उद्घाटन भएको हुन्छ । उनका निबन्धमा बौद्धिकताको प्रयोग पनि भएको पाइन्छ । समाजका विकृति र विसङ्तिप्रति व्यङ्ग्यात्मक प्रस्तुति गर्ने शिल्प पनि राइृका निबन्धमा भेटिने महत्वपूर्ण पक्ष हो । समाजका जल्दाबल्दा समस्याहरूलाई आफ्ना निबन्धमा प्रस्तुत गर्दै ती समस्याहरूको निराकरण गर्नु उनको निबन्धगत प्रवृत्ति हो । राईका निबन्धमा समाज सभ्य, समुन्नत र संवेदनशील हुनुपर्ने आग्रह पाइन्छ । समाजबाट नराम्रा कुराहरू हटाएर विकृति र विसङ्तिको अन्त्य गर्न सकेमा सबल र सक्षम राष्ट्र निर्माणमा टेवा पुग्ने कुरा पनि राईले आफ्ना निबन्धमा प्रष्ट पारेका छन् । समाजमा अन्याय, अत्याचार, दमन, शोषण तथा उत्पीडनको उल्लेख गर्दै यस्ता विकृति र विसङ्गति सहन बाध्य मानिसहरूप्रति विशेष सहानुभूति राख्नु उनको निबन्धकारिता हो । समाजमा शोषक र शोषित वर्गका वीचमा द्वन्द्व देखाई शोषित तथा पीडित वर्गको विजउ अनि शोषक वर्गको पराजय देखाउने प्रवृत्ति सरण राईमा पाइन्छ । आफ्नो योग्यता र क्षमता अनुसारको रोजगारी पायन तथा सम्मानित जीवन यापन गर्न पनि वर्गरहित समाजको आवश्यकता पर्ने विचार राईको निबन्धको विषयवस्तु हुन्छ । सामाजिक विषयलाई लिएर निबन्ध लेख्ने राईका निबन्धमा आलङ्कारिक, सहज र सरल भाषाशैलीको प्रयोग भएको छ ।
सरण राई नेपाली साहित्यका वहुमुखी व्यक्तित्व हुन् ।उनले निबन्ध बाहेक कथा, उपन्यास र कविता बिधामा पनि कलम चलाएका छन् । उनका १६वटा कथाहरूको सङ्ग्रह अन्तिम स्वीकारोक्तिमानव संसार उपन्यासजस्ता कृतिहरू प्रकाशित भएका छन्  ।
निबन्धकार सरण राईको निबन्ध यात्रा २०२०को दशकपछि प्रारम्भ भएको हो । सरण राई आत्मपरक निबन्धकार हुन् । निबन्धको शीर्षक चयन गरी त्यसै शीर्षकमा केन्द्रित रहेर आफ्ना मनका लागेका कुराहरू प्रस्तुत गर्नु आत्मपरक निबन्धको विशेषता हो । साथी निबन्ध सङ्ग्रहमा सङ्कलित पच्चीस ओटा निबन्धमा विविध विषयवस्तुलाई समेट्ने प्रयास  गरको छन् । उनका निबन्धको शीर्षक चयनमा विविधता पाइन्छ । विषयवस्तुमा पनि विविधता पाइन्छ । शीर्षक चयन, विषयवस्तु, प्रस्तुतिकरणको शिल्पशैली हादि कुरामा पनि राईका निबन्धमा विविधता पाइन्छ ।  त्यसैले राई विविध विषयमा निबन्ध रचना गर्ने स्रष्टा हुन् भन्न सकिन्छ ।
 साथी निबन्ध सङ्ग्रहमा सङ्कलित पच्चीस ओटै निबन्धका आयाम पनि असमान रहेका छन् । अनुच्छेदहरू पनि विशृङ्खलित तथा विविधतापूर्ण रहेका छन् । धेरै छोटा तथा लामा निबन्धहरू यस सङ्ग्रहमा रहेका छैनन् । सबै निबन्धहरू छोटा तथा मझौला आयाममा संरचित छन् । कुनै–कुनै निबन्धमा विधामिश्रण र काव्यात्मक भाषाको प्रस्तुतिकरण रहेको पाइन्छ । निबन्धका वीच–वीचमा गीतका टुक्राहरू, कविताका अंशहरू प्रयोग गर्ने प्रवृत्ति पनि राईका निबन्धमा पाउन सकिन्छ । छोटाछरिता शीर्षकको चयन गर्नु, शीर्षकमा केन्द्रित रहेर निबन्ध विस्तार गर्नु, आपूmले देखेका तथा अनुभव गरेका कुरालाई समेटेर निबन्ध्के स्वरूप प्रदान गर्नुजस्ता विशेषताहरूनिबन्धकारका निजी विशेषता हुन् भन्न सकिन्छ । यस्ता विविध कारणले गर्दा सरण राई उच्चबौद्धिक क्षमता भएका भावुक र कल्पनाशील एवम् गम्भीर रूपले आफ्नानिबन्धहरू प्रस्तुत गर्ने स्थापित विशिष्ट निबन्धकार हुन् भन्ने कुरा प्रमाणित हुन्छ ।
;/0f /fO{sf] निबन्धकारिता 

ck|sflzt -lqe'jg ljZjljBfno, dfgljsL / ;fdflhszf:q ;ª\sfocGtu{t dx]Gb| jx'd'vL SofDk; w/fg, g]kfnL ljefusf] :gftsf]Q/ tx bf];|f] jif{sf] b;f} kqsf] k|of]hgfy{ k|:t't zf]wkq _ af6

साहित्य , संस्कृति र नविन सम्बोधन

साहित्य , संस्कृति र नविन सम्बोधन

सरण राई

नेपालमा विभिन्न राजनैतिक व्यवस्था फेरिदा पनि साहित्य,सस्कृति र सम्बोधनका तरिकाहरु फेरिएका छैनन् | आजसम्म लेखिएका साहित्य ,संस्कृति र सम्बोधनका तरिकाहरु अधिकांश रूपमा सामन्ती व्यवस्थाको उपज नै रहिआएका छन् |सामन्ती व्यवस्था, संस्कार र परिपाटीलाई टेवा पुर्याउने साहित्य , संस्कृति र सम्बोधनका तरिकाहरु नै अहिलेसम्म जारी छन् |मुलुक नयाँ युगमा प्रवेश गरिसकेको अवस्थामा साहित्य, संस्कृति र सम्बोधनका तरिकाहरु पनि युगसापेक्ष नविन हुनु पर्ने हो |पुराना साहित्य , कला, संस्कृति , रीतिथीति , चलन, प्रचलन , मुख्यतया जीवन पध्दति , सोच र क्रियाकलापहरु जस्ताको तस्तै रूपमा रहन सक्दैनन |तिनीहरुको स्थान नयाँले लिनेछन् तर त्यो नयाँ पुरानाहरुभन्दा उत्कृष्ट हुन् जरुरी हुन्छ |पुरानाका पनि राम्राहरु अङ्गीकार गर्ने र नयाँको नाममा अन्धाधुन्ध पाश्चात्य साहित्य,संस्कृति र रहनसहनको नक्कल गर्नु पनि उपयुक्त हुँदैन |

आजसम्म लेखिएका नेपाlली साहित्यको गहन अध्ययन गरी पुनर मुल्याङ्कण गर्नु पर्ने भएको छ | आजसम्मको साहित्यले कसको सेवा गरीरहेको थियो र कस्तो संदेश प्रचारित गरिरहेको छ भन्ने बुझ्न जरुरी छ |अब लेखिने साहित्य पनि तिनै साहित्यको जगमा नै लेखिने हुँदा पुराना साहित्यको

मुल्याङ्कण गर्नु पर्ने आवश्यकता हुन् गएको हो | असल साहित्यको सरक्षण र मुलुकलाई प्रतिगमन तिर लैजाने साहित्यको आलोचना गर्दै त्यस्तो साहित्यको बहिस्कार गर्नु जरुरी भैसकेको छ |अब लेखिने साहित्य भावी पुस्तालाई अग्रगमनतिर लैजाने र नेपाली साहित्यलाई पनि विश्वसाहित्यको स्तरमा पुर्याउने किसिमको हुनपर्छ |

आज सम्मका सास्कृतिक क्षेत्रका र सस्कृतिको पुनर्मुल्याङ्कण हुने नै छ | खिया लागिसकेको , मक्किएको मानसिकता बोकेर आधुनिक हुन् सकिदैन |आधुनिकताको नाममा जुन उपभोक्तावादी संस्कृति भित्रिदै छ , त्येसको पनि उपयुक्त चर्चा गरी एउटा निश्चित निष्कर्स निकाल्न आवश्यक छ |

भूमण्डलीकरण र विश्व ब्यापार संगठनको सदस्य बनिसकेको नेपाल संस्कृतिको दोहोरो चेपुवामा परिरहेको छ , अझ चर्को दवावमा पर्ने निश्चित छ |कस्तो संस्कार , रीतिथिती अथवा जीवन पध्दति अपनाउदा उपयुक्त होला , सोच्ने बेला आईसकेको छ | नेपाल पनि विश्वबाट अलग्गिएर एक्लै बेग्लै बस्न सक्दैन , त्यसो भन्दैमा आफ्नो चिनारी नभएको नेपाल हाम्रो चाहना हुन सक्दैन |

सम्बोधनको तरिका भन्नाले अनेकौ अर्थ लाग्न सक्छन |ती सबै अर्थलाई नसमेटेर खालि बोलाउदा प्रयोग हुने विशेषण अथवा बोल्ने ,बोलाउने वा बुझाउने प्रक्रियाको मात्र यहाँ सन्क्षिपत चर्चा गरिने छ | विश्वका हरेक देशमा मानिसको परिचय गराउने फारामहरु भर्दा पहिलो नाम र अन्तिम नाम भराइन्छ तर नेपालमा भने नाम मात्र भराइन्छ| यसपालिको जनगणनामा नाम पछी जात पनि भराइको देखियो | कुन कुन जात कति छन् भन्ने जान्न जरुरि भएकैले त्यो भरिएको होला |जातीय आधारमा संघीय राज्यको कुरा उठिरहेको बेला जनसंख्या पनि एउटा आधार हुन् सक्ला | यो लेखमा यी विविध राजनैतिक कुराहरु बारे बहस उठान गर्नु नभएर अहिले सम्म हाम्रा अखबारहरु,साहित्य , रेडियो र बोलचालमा जातको आधारमा सम्बोधन गर्ने परिपाटीको मात्र चर्चा उठाईएको हो |उदाहरणको लागि रेडियो सुन्दा पहिलो पल्ट राष्ट्रपति डा. राम वरण यादव भनिन्छ | त्यसपछी राष्ट्रपति यादव |साहित्य क्षेत्रमा पहिलो पल्ट डा. ध्रुवचन्द्र गौतम त्यसपछी गौतम | पत्र पत्रिकामा पनि पहिलोपल्ट प्रधानमंत्री झलनाथ खनाल अनि पछी प्रधानमन्त्री खनाल भनेर सम्बोधन गरिन्छ |

महेन्द्र क्याम्पसका स्नात्तकोतरमा अध्यायनरत बिध्दार्थिहरुले मेरो पनि तीनवटा शोधपत्र तयार गरि सकेका छन् | पहिलो पल्ट साहित्यकार सरण राई लेखेका छन् | त्यसपछी राई, राई लेखेका छन् | साहित्यकार राईको लेखनी हेर्दा , कवि राईको कविता पढदा ....|ती बीध्दार्थीहरुको शोधपत्र हेर्दा म राई नभई सरण मात्र अथवा साहित्यकार , कवि मात्र रहन सकिनॅ | साहित्यकार हुँदा पनि साहित्यकार राई , कवि हुँदा पनि कवि राई | ती शोधपत्रहरु पढुन्जेल मैले स्स्फुलाई एउटा साहित्यकार सरण राई , साहित्यकार सरण पाइनॅ , म राई, राई नै भैरहें | मेरो निजी व्यक्तित्वराई मात्र रही रह्यो , म साहित्यकार सरण हुन् सकिनॅ |त्यहाको लेखाईले त्यस्तो मेरो व्यक्तित्वको बिकास हुने दिएन |अरु पढ्नेहरुले पनि मलाई पहिले सरण राई देखें पनि पछाडी राई मात्र देख्न थाल्नेछन् | राई नसम्झी एउटा साहित्यकारको रुपमा मलाई एकै क्षण पनि मूल्यांकन गर्न उनीहरु सक्षम हुन् सक्तैनन |पलपल हरफहरफमा राई, राई भनेर पढ्नेहरुलाई तेस शोधपत्रले सम्झाई दिन्छ |यो ती बीध्यार्थीहरुको दोष होइन | हाम्रो अहिलेसम्म चलिआएको स्थापित लेखनपध्दति वा सम्बोधन पध्दतीको को दोष हो |

राष्ट्रपति रामवरण यादवलाई रेडियोले , अखबारहरुले र सम्बोधन्रहरुले मलाई जस्तै एकै क्षण पनि यादव नभई नेपालीको खुट्टामा रामवरणको दिमागमा उभिन सोच्न दिदैनन् |उनी बिर्सन चाहेर पनि यादव नै रहन्छन् |जति गरे पनि राष्ट्रपति रामवरण हुदैनन् | राष्ट्रपति यादव हुन्छ, यादव, यादव यादव | उनलाई यादवकै दिमागले सोच्न विवश पारिन्छ |यस्तै प्रधानमन्त्री झलनाथ खनाललाई , मन्त्रीहरुलाई प्रशासनका अरुहरु सबैलाई यी सम्बोधन्हारुले आफु कुन जातको हो , बारम्बार सम्झाई रहन्छन् | अरुहरुलाई पनि त्यो फलानो फलानो जातको भनेर सम्झाई रहन्छ |अब रेडियो , खबर कागज , पत्र पत्रीका र साहित्यहरुमा सम्बोधन गर्दा पनि राष्ट्रपति ड़ा. रामवरण यादव भन्ने र त्यसपछी राष्ट्रपति ड़ा. रामवरण मात्र भन्दा राष्ट्रपति ड़ा. रामवरण यादवले आफुलाई आफ्नो छुट्टै रामवरणको व्यक्तित्वमा अनुभव गर्न पाउछन् कि !यस्तै प्रधानमन्त्री झलनाथ खनाललाई पहिलो एकचोटी प्रधानमन्त्री झलनाथ खनाल भन्ने त्यसपछी प्रधानमन्त्री झलनाथ ,मन्त्रीहरु भए उनीहरुको पहिलो नामबाट अथवा सबैलाई पहिलो नामबाट सम्भोधन गर्दा उपयुक्त होला कि ! छलफल गरेर निष्कर्समा पुग्न जरुरी भएको छ |

अहिलेको समयमा थुप्रै नेपाली इन्टरनेट चलाउने भैसकेका छन् |इमेल खोल्दा पनि पहिलो र अन्तिम नाम लेख्नु पर्छ | फेसबुकमा अथवा नेटमा जहा पनि पहिलो र अन्तिम नाम भर्नु पर्छ | इमेलमा याहु, जिमेल, हटमेल ,फेसबुक कुनैले पनि मलाई हाइ राई भनेर सम्बोधन गर्दैनन् अथवा अन्तिम नाम जातको आधारमा सम्बोधन गर्दैनन् |हाय सरण, हाय सरणकुमार ... भन्छन् | जर्मनीमा त जातको आधारमा सम्बोधन गर्न नपाइने कानुन कानुनी छ रे भन्ने जर्मनबाट फर्केका ड़ा . कालुराम खम्बुले मलाई सुनाएका थिए | त्यससम्बन्धी मलाई पूरा जानकारी नभर पनि सुन्दर , समुन्नत , सम्पन्न र शान्त नेपालको निम्ति राष्ट्रिय एकताको शुत्रमा बाँधीएका सम्पूर्ण नेपालि हुन् जरुरि छ |प्रत्येक क्षण प्रत्येक पल आफ्नो जात सम्झाइरहने सम्बोधनले हामीलाई जात बिर्सेर नेपालि हुन् कति मद्दत गर्ला ? तसर्थ हाम्रो आफ्नो निजी व्याक्तित्वको विकासका लागि पनि र सम्पूर्ण नेपालीको राष्ट्रिय एकताको मजबुतीका लागि भए पनि जातको आधारमा सम्बोधन गर्ने पध्दति , तरिका आजकै मितीदेखी रेडियो, खबर कागज , साहित्य र बोलीचालीमा छाड़ौ |उदाहरणका लागि - राष्ट्रपति रामबरण , प्र्शान्मंत्री झलनाथ , साहित्यकार ध्रुवचन्द्र ,साहित्यकार सरण, पत्रकार राजकुमार भनेर लेख्न ए बोल्न थालौं | यसलाई अभियानकै रुपमा अगाडी लैजाऔ | आगे तपाईहरुको मर्जी |



साभार —ब्लास्ट टाइम्स ,२०६८ भदौ ७ गते शुक्रबार